विराटनगर । विराटनगर–१२ बखरीको उखुबारीमा शुक्रबार १ युवतीको शव फेला परेको छ ।
घाँटीमा सलले बेरेर हत्या गरेको अवस्थामा युवतीको शव फेला परेको मोरङ प्रहरीका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए ।
अन्दाजी २४/२५ वर्षकी देखिने युवतीको घाँटीमा चोट देखिएको छ । थापाका अनुसार उखु काट्न गएका मजदूरले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
तराई मूलको जस्तो देखिने ती युवतीको पहिचान खुल्न सकेको छैन ।
प्रकाशित मिति: शुक्रबार, माघ २४, २०७६