काठमाडौं । काठमाडौंको पुतलीसडकमा केन्द्रीय कार्यालय रहेको एजुकेसन एन्ड माइग्रेसन कर्नरले विदेशमा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई सेवा दिँदै आएको छ । सन् २००७ मा स्थापित यस कन्सल्टेन्सीले हाल जापान, अस्ट्रेलिया, क्यानडा, बेलायत लगायत अन्य युरोपियन मुलुकहरुमा विद्यार्थी पठाउँदै आएको छ ।
कन्सल्टेन्सीहरुले पैसा कमाउनकै लागि वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरुलाई पर्याप्त ज्ञानबिना नै पठाउने गरेको आरोप लागिरहेको समयमा यस कन्सल्टेन्सीले करियर र एजुकेसन काउन्सिलिङ दिने र जुन देशमा पढ्न जाने हो त्यस देशको बारेमा पर्याप्त जानकारी दिएर पूर्वतयारी गर्न लगाउने गरेको दाबी गरेको छ ।
एजुकेसन एन्ड माइग्रेसन कनर्रका कम्प्लाइन्स अफिसर नवराज प्रसाईंका अनुसार विदेश जानेहरुलाई त्यहाँ पढ्दै गर्दा आउने अवसर, पढाइ सकेपछि पाउने अवसर र सुविधा लगायतका विषयमा पूर्ण जानकारी दिएर मात्रै विद्यार्थी पठाउने गरिएको छ ।
माइग्रेसन कर्नरले बेलाबेलामा विद्यार्थीहरुका लागि आकर्षक योजनाहरु पनि ल्याउने गरेको छ । सिमकार्ड वितरण, एअरपोर्ट पिकअपको व्यवस्थालगायतका योजना पनि लागू गर्ने गरेको प्रसाईंले जानकारी दिए । यस कन्सल्टेन्सीबाट पढ्न गएका विद्यार्थीहरुबाट राम्रो फिडब्याक पाइरहेको पनि प्रसाईंले जानकारी दिए । तोकिएको सेवासुविधा पाएर आफ्नो पढाइ पूरा गरेर उच्च स्थानमा पुग्न सफल भएका विद्यार्थीहरुका कारण यस कन्सल्टेन्सीले राम्रो प्रतिक्रिया पाइरहेको छ ।
स्थापनाको १३ वर्षमा यस कन्सल्टेन्सीले नेपालका सिवभिन्न ठाउँमा गरी ८ वटा शाखा खोल्न सफल भइसकेको छ । यसैगरी अस्ट्रेलियामा पनि २ वटा शाखाबाट सेवा दिइरहेको छ भने श्रीलंका र भुटानमा पनि शाखा खोल्ने तयारी भइरहेको बताइएको छ ।
नेपालका बिर्तामोड, दमक, इटहरी, हेटौंडा, नारायणघाट, बुटवल, पोखरा र काठमाडौंबाट सेवा दिइरहेको कन्सल्टेन्सीले नेपाल सरकार र विद्यार्थी पढ्न जाने सम्बन्धित देशबाट मान्यता प्राप्त काउन्सिलरहरुबाट विद्यार्थीहरुलाई काउन्सिलिङ गर्ने गरेको छ ।
यस कन्सल्टेन्सीले विद्यार्थीहरुलाई सही सूचना र बढीभन्दा बढी सेवा दिने लक्ष्यसाथ अघि बढिरहेको छ भने द्रव्यमुखीभन्दा पनि सेवामुखी भावनाबाट अघि बढिरहेको प्रसाईंले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, माघ २३, २०७६