काठमाडौं । कांग्रेस नेता विजयकुमार गच्छदारलाई भ्रष्टाचार मुद्दा लागेपछि कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको आकस्मिक बैठक सकिएको छ ।
बिहीबार बिहान बसेकाे बैठकले राजनीतिक पूर्वाग्रहका आधारमा उपसभापति गच्छदारलाई मुद्दा चलाइएको भन्दै त्यसविरुद्ध पार्टी र भ्रातृ संस्था परिचालन गरेर प्रतिराेध निर्णय गरेको छ ।
निर्णयमा भनिएको छ, ‘क्याबिनेटमा प्रधानमन्त्री, मुख्यसचिव सबैभन्दा बढी जवाफदेही हुन्छन् । यो अवस्थामा प्रधानमन्त्री र मुख्यसचिवलाई दोषी नदेख्नु मन्त्री र सचिवलाई मात्रै दोषी बनाइनु पूर्वाग्रह हो । यसका विरुद्ध राजनीतिक र कानुनी लाडाइँ लड्छौं ।’
कांग्रेसकाे साेही नि्कर्षका आधारमा नेपाली कांग्रेसका सांसदहरूले बिहीबारकाे प्रतिनिधिसभाकाे बैठक अवरुद्ध गरिसकेका छन् ।
यसैगरी कांग्रेसले भ्रातृसंस्था र पार्टी परिचालन गर्ने रणनीति तय गर्न भ्रातृसंस्थाका पदाधिकारीको बैठक समेत बोलाएको छ । पार्टी कार्यालय सानेपामा दिउँसो ३ बजे बोलाइएको बैठकले यससम्बन्धी रणनीति तय गर्ने बताइएको छ ।
साे बैठकपछि दिउँसाे ४ बजे सानेपामा पत्रकार सम्मेलन गरी कांग्रेसले आफ्नाे आधिकारिक धारणा सार्वजिनक गर्ने कांग्रेस स्राेतले जनाएकाे छ ।
ललिता निवास जग्गा प्रकरणमा पूर्वमन्त्रीसमेत रहेका उपसभापति गच्छदारसहित १ सय ७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको थियाे ।
तत्कालीन उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री गच्छदारमाथि ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगोसहित भ्रष्टाचार मुद्दा दायर भएको हाे ।
प्रकाशित मिति: बिहीबार, माघ २३, २०७६