के तपाई यस्तो व्यक्तिको कल्पना गर्न सक्नुहुन्छ, जसको तलब १५ करोड रुपैयाँ छ तर उनी स्यान्डबिच चोरेर खान्छन् । तर लन्डनमा यस्तै घटना सार्वजनिक भएको छ । लन्डनमा काम गर्ने एक सिनियर क्रेडिट ट्रेनरमाथि क्यान्टिनको स्यान्डबिच चोरेर खाने गरेको आरोप लागेको छ ।
पारस साह नाम गरेका ती व्यक्तिको वार्षिक आम्दानी करिब १५ करोड नेपाली रुपैयाँ छ ।
डेली मेलका अनुसार बैंकिड कम्पनी सिटी ग्रुपले साह विरुद्ध सो आरोपपछि कारबाही गरेको छ । यद्यपि उनले कति र कहिले स्यान्डबिच चोरी गरेका थिए भन्ने सार्वजनिक गरिएको छैन ।
तर चोरीको आरोपमा उनलाई जागिरबाट निलम्बन गरिसकिएको छ । पारसका भाइले भने, उनलाई चिज स्यान्डबिच धेरै मन पर्छ । उनी घरमै चिज स्यान्डबिच बनाएर खाने गर्छन् ।
पारस युरोपका ठूला क्रेडिट ट्रेनरमध्ये एक हुन् । उनी सिटी बैंकको एक वरिष्ठ अधिकारीको पदमा कार्यरत छन् । २०१७ देखि सिटी बैंक ग्रुपसँग काम गरिरहेका साहलाई २ महिनामै मिडिल इस्ट र अफ्रिकामा क्रेडिट ट्रेनिङको प्रमुख बनाइएको थियो ।
प्रकाशित मिति: बुधबार, माघ २२, २०७६