काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरसका विषयमा प्रतिनिधिसभाबाट सार्वजनिक महत्वको प्रस्ताव पारित भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले पेस गरेकाे प्रस्ताव सर्वसम्मत पारित भएकाे हाे । प्रस्ताव पेस गर्दै मन्त्री ढकालले सम्भावित संक्रमितलाई लक्ष्य गरेर ३ अस्पतालमा ४३ बेड छुट्याइएको जानकारी दिए ।
यस विषयमा सरकार गम्भीर रहेको उल्लेख गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा मन्त्रिपरिषद् र विज्ञको बैठक बसेको बताए ।
मन्त्री ढकालले स्वास्थ्य मन्त्री (आफ्नो) को नेतृत्वमा उच्चस्तरीय निर्देशक समिति बनाइएको र सचिवको नेतृत्वमा कार्यकारी समिति बनाएर काम भइरहेको उनले जानकारी दिए ।
यसैगरी यस्तो रोगविरुद्ध लड्नका लागि ३ सय बेडको सरुवा रोग उपचार गर्ने अस्पताल बनाउने तयारी सरकारले गरेको उनले बताएका छन् । उनका अनुसार अस्पताल स्वास्थ्य मन्त्रालयअन्तर्गत रहने छ ।
प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६