काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–ट्वान्टी विश्व बरीयतामा नेपाल यथावत् स्थानमा रहेको छ ।
आइसिसीले साेमबार सार्वजनिक गरेको नयाँ बरीयताअनुसार नेपाल टी–ट्वान्टीतर्फ १२औँ स्थानमा छ । यसअघि पनि नेपाल १२औँ स्थानमा थियो ।
टी–ट्वान्टीमा नेपाल ११ औँ स्थानसम्म पुगेको छ । टी–ट्वान्टीको विश्व बरीयतामा पाकिस्तान शीर्ष स्थानमा, अस्ट्रेलिया दोस्रो, बेलायत तेस्रो, भारत चौथो र दक्षिण अफ्रिका पाँचौँ स्थानमा छन् ।
टी–ट्वान्टीको खेलाडी बरीयताअन्तर्गत ब्याटिङतर्फ नेपालका पारस खड्का ६२ औँ स्थानमा छन् । यसअघि उनी ६०औं स्थानमा थिए ।
यसैगरी बलिङतर्फ नेपालका सन्दीप लामिछाने ८५औँ स्थानमा छन् । यसअघि उनी ८३औँ स्थानमा रहेका थिए । अलराउन्डरतर्फ पारस २७ औँ स्थानमा तथा सोमपाल कामी ६५औँ तथा करण केसी ७५ औँ स्थानमा छन् ।
प्रकाशित मिति: सोमबार, माघ २०, २०७६