काठमाडाैं । लोकगायक बद्री पंगेनीलाई पितृशोक परेको छ । उनका पिता बोधराजको ७० वर्षको उमेरमा साेमबार निधन भएको हो ।
काठमाडौँको धापासीबाट उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटामै उनकाे निधन भएको परिवारले जनाएको छ । उनी दमसम्बन्धी समस्याबाट पीडित थिए ।
पाल्पाकाे रामपुरमा उनको दाहसंस्कार गरिने भएको छ । उनका २ छोरा र १ छोरी छन् । स्व बोधराजकी श्रीमतीको यसअघि नै निधन भइसकेको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका निवर्तमान अध्यक्ष पंगेनीका पिताको निधनप्रति प्रतिष्ठानका अध्यक्ष रमेश बिजीलगायत विभिन्न संघसंस्थाले दुःख व्यक्त गरेका छन् ।
प्रकाशित मिति: सोमबार, माघ २०, २०७६