काठमाडौँ । जबरजस्ती करणी गरी फरार रहेका धादिङका हेमनसिंह बस्नेत पक्राउ परेका छन् । धादिङ गजुरी गाउँपालिका ८ का बस्नेतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।
गएको जेठ १४ गते गजुरी गाउँपालिका ८ को हलेदेखोलाकी एक किशोरीलाई जबरजस्ती करणी गरी फरार रहेका सिंहलाई रोजगारीका लागि कुवेत जाने क्रममा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धादिङ पठाइएको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।
एक्स्काभेटर चालक रहेका बस्नेतले १६ वर्षे युवतीलाई राति आफ्नै घरमा सुतिरहेको अवस्थामा ढोका फोडी कोठाभित्र प्रवेश गरेर मुख थुनी जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । सोही समयदेखि फरार रही भारतको विभिन्न क्षेत्रमा लुकिछिपी बसेका थिए ।
प्रकाशित मिति: सोमबार, माघ २०, २०७६