काठमाडाैं । विराटनगरका युवा चाँदबाबु इराकी प्रतिष्ठित नोबेल सिटिजन फाउन्डेसनद्वारा भारतको राजधानी नयाँ दिल्लीमा आयोजित नोबेल सिटिजन अवार्ड प्राप्त गर्न सफल भएका छन् । भारतको नयाँ दिल्लीमा एक विशेष समारोहका बीच इराकी सम्मानित भएका हुन् ।
इराकी यसअघि पनि सांघाई युथ लिडरसिप अवार्ड, कलाम युथ अवार्ड, विवेकानन्द लिडरसिप अवार्ड, ग्लोबल पिस एमबास्डर अवार्डलगायत अन्तर्राष्ट्रिय अवार्डका साथै दर्जनभन्दा बढी राष्ट्रिय अवार्डद्वारा सम्मानित भइसकेका छन् ।
नेपाल, भारत, श्रीलंका, मौरिसियस, घाना, भुटान, अफ्रिका, स्विट्जरल्यान्ड लगायतका देशबाट विभिन्न योगदान पुर्याउने व्यक्तिलाई अवार्डद्वारा विभूषित गरिएको थियो ।
विगत १५ वर्षदेखि सामाजिक क्षेत्रमा लागेर युवा तथा समाज परिवर्तनको काममा निरन्तर अग्रसर भई लागेबापत इराकीलाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि जर्ज म्याक्नोडिफको हातबाट इराकीले सम्मान ग्रहण गरे ।
कार्यक्रममा नेपालबाट अतिथिका रुपमा प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेको समेत सहभागिता थियो ।
प्रकाशित मिति: सोमबार, माघ २०, २०७६