सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले गाँजासहित ६ जनालाई पक्राउ गरेको छ ।
विशेष सुराकीको आधारमा जिल्लाको हरिहरपुरगढीबाट ५५ केजी गाँजासहित ३ वटा मोटरसाइकलमा सवार ६ जनालाई पक्रेको हो ।
पक्राउ पर्नेहरुमा हरिहपुरगढी गाउँपालिका–७ का सन्तोष स्याङ्तान, आकाश वल, अंकित मुक्तान, सरोज स्यांतान,मरिण गाउँपालिकाका तिलकध्वज मुक्तान र सर्लाही जिल्ला वाग्मती नगरपालिकाका श्रवणकुमार वाईवा छन् ।
प्रकाशित मिति: सोमबार, माघ २०, २०७६