तनहूँ । नेपाल बार एसाेसिएसन तनहूँका पूर्वाध्यक्ष एवं जिल्ला विकास समितिका पूर्वसभापति फणीन्द्रबहादुर पाण्डेको निधन भएको छ ।
केही समयदेखि अस्वस्थ पाण्डेको तनहूँको व्यास नगरपालिका–३ दमौलीस्थित निवासमा साेमबार निधन भएको हो ।
साेमबार नै दमौलीस्थित मादीसेती घाटमा पाण्डेको दाहसंस्कार गरिएको छ । पाण्डेको निधनप्रति शोक व्यक्त गर्दै दाहसंस्कारमा सहभागी नेकपाका केन्द्रीय सदस्य एकबहादुर रानाले परिवर्तन र निरङ्कुशताविरुद्धको आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पाण्डेको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको बताए ।
नेकपा जिल्ला अध्यक्ष एवं सांसद केदार सिग्देल, सांसद प्रतापकुमार श्रेष्ठ, जिल्ला समन्वय समिति तनहूँका प्रमुख शान्तिरमण वाग्ले, व्यासका प्रमुख न्यौपानेलगायतले सामाजिक क्षेत्रमा योगदान पु¥याउनुभएका पाण्डेको निधनले समग्र तनहूँवासीले अभिभावक गुमाएको महसुस गरेको बताए ।
प्रकाशित मिति: सोमबार, माघ २०, २०७६