इटहरी । सुनसरीको तित्रिबनामा बस र माइक्रो बस ठोक्किँदा ४ जनाको मृत्यु भएकाे छ भने ६ जना घाइते भएका छन् ।
आइतबार बिहान इटहरीबाट इनरुवातर्फ जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको माइक्रो र इनरुवाबाट इटहरीतर्फ आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस ठोक्किएको हो ।
ज्यान ज्यानेहरुमा हायसका चालक दीपक खड्का, झापा भद्रपुरका (पतिपत्नी) ७५ वर्षीय हेमराज दाहाल र ६५ वर्षीया डोलमाया कोइराला छन् । १ जनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि लाँदै गर्दा ज्यान गएएको इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक विजय दाहालले जानकारी दिए ।
गम्भीर घाइते होमबहादुर दर्जी र टेकप्रसाद काफ्लेको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, माघ १९, २०७६