काठमाडौं । नेपाल बार एसाेसिएसनले भोजपुर निवासी तीर्थबहादुर राईलाई थुनामुक्त गरी शान्तिपूर्ण जीवनयापन गर्ने वातावरण मिलाउन सरकारसँग माग गरेको छ ।
बारका महासचिव लीलामणि पौडेलले शुक्रबार जारी गरेको विज्ञप्तिमा सर्वोच्च अदालतबाट बन्दी प्रत्यक्षीकरणको आदेशबाट थुनामुक्त भएका षडानन्द नगरपालिका वडा नं १ निवासी ३८ वर्षीय तीर्थबहादुर राईलाई महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले अदालत परिसरबाटै पक्राउ गरेकाले थुनामुक्त गर्न माग गरेको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, अदालतको आदेशबाट थुनामुक्त भएको व्यक्तिलाई सोही विषयमा पुनःपक्राउ गरी थुनामा राखिनु सर्वोच्च अदालतको अवहेलनासमेत हो भन्ने नेपालको विधिको शासनका नभएको भन्ने उदाहरण पनि हो ।
नागरिककको मौलिक तथा मानव अधिकारको रक्षा गर्न र कानूनको शासन कायम राख्न सरकार तथा सम्बन्धित पक्षलाई बारले माग गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ १७, २०७६