काठमाडौं । नेपाली चलचित्रकी चर्चित नायिका प्रियंका कार्की र अभिनेता आयुष्मान् देशराज जोशीको विवाह फागुनमा हुने भएको छ।
गएको वर्ष नै २ पटक इङ्गेजमेन्ट गरेका उनीहरूको विवाह फागुन १७ गते हुने भएकाे हाे । फिल्म ‘कथा काठमान्डु’ बाट उनीहरूको प्रेम सुरुवात भएको थियो ।
उनीहरूको जोडीलाई ‘आयांका’ पनि भनेर चिन्ने गरिन्छ। प्रियङ्का र आयुष्मान यसै वर्षको असारमा विवाह गर्ने तयारीमा थिए । तर दुवै पक्षको पारिवारिक समय नमिलेपछि उनीहरूको विवाह रोकिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, माघ १७, २०७६