विराटनगर । जन्ती बोकेको बसले ठक्कर दिँदा मोरङमा स्कुटर चालकको मृत्यु भएको छ ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैंचा नगरपालिका ५ दुलारीमा को १ ख ३२०१ नम्बरको बसले को ३९ प ७६०७ नम्बरको स्कुटरलाई बिहीबार साँँझ ठक्कर दिएकाे थियाे ।
बसकाे ठक्करबाट गम्भीर घाइते भएका स्कुटर चालक सुन्दरहरैंचा नगरपालिका १० का ४१ वर्षीय बुद्धिमान तामाङको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा साँझ साढे ७ बजे मृत्यु भएको हाे ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाका अनुसार सुनसरीको रामधुनी कालाबञ्जारबाट बेहुली लिएर मोरङको केराबारीतर्फ जाँदै गरेकाे बसले स्कुटरलाई ठक्कर दिएकाे थियो ।
बस र चालक सुन्दरहरैंचा १० का ४२ वर्षीय सुरेन्द्रकुमार प्रधानलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ १७, २०७६