अर्घाखाँची । जिल्ला अदालत अर्घाखाँचीले ९ वर्षीया छोरीलाई जबर्जस्ती बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला सुनाएको छ ।
गत साउन २ गते जबर्जस्ती करणी गरेको अभियोगमा मुद्दा दर्ता भएको थियो। १० वर्षभन्दा कम उमेरका बालबालिकालाई जबर्जस्ती करणी गरेमा कानुनमा अनुसार जन्मकैदको फैसला सुनाइएको जिल्ला अदालतका श्रेस्तेदार टेकराज गैरेले बताए।
त्यस्तै अदालतले सन्धिखर्कको डिभर्नामा पाँच वर्षीया नातिनीलाई बलात्कार गर्ने हजुरबुबालाई २० वर्ष कैद र रु ४० हजार जरिवानाको फैसला गरेको उनले जानकारी दिए । रासस
प्रकाशित मिति: शुक्रबार, माघ १७, २०७६