काठमाडौं । काठमाडौं मध्यबानेश्वरस्थित रत्न पुस्तकालयले पुस्तकालयका पूर्वअध्यक्ष तथा समाजसेवी स्व. श्यामप्रसाद अर्यालका बारेमा लेखिएकाे पुस्तक स्मृतिग्रन्थ सार्वजनकि गरेको छ ।
अर्यालकाे जीवनबारेमा लेखिएकाे पुस्तक जीवनचन्द्र काेइरालाले सम्पादन गरेका हुन् । बिहीबार पुस्तकालय प्रांगणमा एक विशेष समारोहको आयोजना गर्दै पुस्तक सार्वजनिक गरिएको हो । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले सो पुस्तक लोकार्पित गरे ।
पुस्तक सार्वजनिक समारोहमा उपस्थित अतिथिहरुले पुस्तकालयका पूर्वअध्यक्ष अर्यालको समाजसेवा र जीवनीबारे प्रकाश पारेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा शताब्दी पुरुष सत्यमोहन जोशीले स्व. अर्याललाई राष्ट्रसेवक र नेपाल आमाका सपुतको संज्ञा दिए । राष्ट्रसेवामा अर्यालले निरन्तर लागिपर्ने र कुनै पद र लाभको आशा नराखी काम गर्ने व्यक्ति भन्दै जोशीले आफूले उक्त पुस्तक विमोचन गर्न पाउनु गौरवको विषय भएको बताए ।
प्रकाशित मिति: बिहीबार, माघ १६, २०७६