भारतको पूर्वी राज्य उडिसामा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा ७ जनाको मृत्यु भएकाे छ । भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार बसमा सवार अन्य ४० जना घाइते भएका छन् ।
उडिसा राज्यको गनजम जिल्लाको तप्तपानी इलाकाको पहाडी क्षेत्रमा गुडिरहेको बस एकाएक खोल्सामा झरेको थियो ।
बुधबार राति करिब साढे ३ बजेतिर उक्त दुर्घटना भएको थियो । घाइतेहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ ।
भारतमा हरेक दिन सवारी दुर्घटनाका कारण ४ सयभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ ।
प्रकाशित मिति: बुधबार, माघ १५, २०७६