काठमाडौं । गायिका आस्था राउत ४ हजार रूपैयाँ धरौटीमा रिहा भएकी छिन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई धरौटीमा गर्ने आदेश गरेका हुन् ।
यसअघि सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले गायिका राउतलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति दिएको थियो ।
सोमबार बिहान प्रहरी परिसर पुगेकी राउतमाथि अनुसन्धानका लागि प्रहरीले ७ दिन थुनामा राख्ने अनुमति मागेकोमा जिल्ला प्रशासन कार्यालयले ४ दिनको अनुमति दिएको थियो ।
गायिका राउतमाथि माघ १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी जवान रमिता श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोपमा श्रेष्ठले जाहेरी दिएकी थिइन् । जाहरीपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले माघ ५ गते राउतविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, माघ १४, २०७६