काठमाडौं । एक महिला प्रहरी जवानमाथि अभद्र व्यवहार गरेको आरोप लागेकी गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रशासनले अनुमति दिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमार्फत काठमाडौं प्रहरी परिसर टेकुले म्याद थपका लागि जिल्ला प्रशासनमा अनुरोध गरेको थियो ।
राउतले अनुसन्धानमा सघाउने भन्दै सोमबार बिहान मात्रै प्रहरी समक्ष आत्मसमर्पण गरेकी थिइन् ।
प्रकाशित मिति: सोमबार, माघ १३, २०७६