रौतहट । रौतहटको चन्द्रनगाहपुर चौकनजिकै बमजस्तै शंकास्पद वस्तु फेला परेकाे छ ।
चन्द्रनिगाहपुर गौर सडकको नेपाल बैंक अगाडि एउटा ब्याग र बोरा बिहानैदेखि देखिएपछि प्रहरीले बम रहेको आशंका गरेको छ । शंकास्पद रहेको स्थानलाई घेरा हालेर राखिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी हेमबहादुर शाहीले बताए ।
आइतबार करिब १२ बजेतिर नेपाल बैंक अगाडि शंकास्पद एउटा झोला र बोरा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
डीएसपी शाहीले शंकास्पद वस्तु फेला परेकाले नेपाली सेनाको बम डिस्पोजल टोली बोलाइएको बताएका छन् । मुख्य चौकमा रहेको बजार क्षेत्रमा नै शंकास्पद वस्तु फेला परेपछि त्यस क्षेत्रका बासिन्दा त्रसित बनेका छन् ।
प्रकाशित मिति: आइतबार, माघ १२, २०७६