काठमाडाैं । नेपाली कांग्रेस पाल्पाका पूर्वजिल्ला सभापति गम्भीरजंग कार्कीको ७६ वर्षको उमेरमा निधन भएको छ ।
मिर्गौला रोगबाट पीडित उनको आइतबार बिहान उपचारका क्रममा काठमाडाैंस्थित ग्रान्डी अस्पतालमा निधन भएको नेपाली कांग्रेस पाल्पाका सचिव झपिन्द्र गैरेले जानकारी दिए । उनले मिर्गौलाको नियमित डायलायसिस गराउँदै आएका थिए ।
पाल्पाको रम्भा गाउँपालिका–५ ताहूँमा वि.सं २००० मा जन्मिएका कार्की वि.सं. २०४८ मा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
वि.सं २०५१ देखि २०५६ सम्म उनले कांग्रेस पाल्पाको जिल्लासभापतिको जिम्मेवारी सम्हालेका थिए ।
रम्भा गाउँपालिकाको ताहूँमा स्थायी घर भएका कार्कीको आइतबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ।
प्रकाशित मिति: आइतबार, माघ १२, २०७६