काठमाडाैं । पूर्वमन्त्री रघुवीर महासेठले धनुषा जिल्लामा आगलागीबाट घरबारविहीन भएकाे परिवारलाई नवनिर्मित घर हस्तान्तरण गरेका छन् ।
पूर्व भाैतिक पूर्वाधार तथा यातायातमन्त्री महासेठकै पहलमा गत वर्ष पुस २३ गते आगलागी भई घरबारविहीन भएका देवनारायण रसाइलीको परिवारका लागि ३ काेठे पक्की घर निर्माण गरिएकाे थियाे ।
आगलागीबाट घरसँगै घरमा रहेका लत्ताकपडा, भाँडावर्तन तथा खाद्यान्नलगायत जलेर नष्ट भएकाे थियाे । आगलागीलगत्तै तत्कालीन मन्त्री रघुवीर महासेठ, प्रतनिधिसभा सदस्य जुलीकुमारी महतो, मिथिला नगरपालकिाका मेयर हरिनारायण महतोसहित हाम्रो संगठनका पदाधिकारीहरु पुगेर तत्काल राहत रकम हस्तान्तरण गरेका थिए ।
साेही राहत वितरणकाे समयमा महासेठले रसाइली परिवारका लागि घर बनाइदिने प्रतिबद्धता जनाएका थिए । सोही अनुसार धनुषा-काठमाडाैं सम्पर्क मञ्च र विभिन्न व्यक्ति तथा निकायको सहयोगमा अहिले ३ कोठे पक्की घर निर्माण भएकाे सम्पर्क मञ्चका अध्यक्ष किरण कार्कीले जानकारी दिए ।
महासेठले घरसँगै रसाइली परिवारलाई भाँडाकुँडा, लत्ताकपडा, ग्यास, खाद्यान्नलगायत आवश्यक सामग्रीहरु हस्तान्तरण गरे ।
प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६