भोजपुर । पुनःनिर्माण प्राधिकरणका कर्मचारी ६ हजार रुपैयाँ घूस लिएको अभियोगमा पक्राउ परेका छन् ।
पुनःनिर्माण प्राधिकरणअन्तर्गत भोजपुर नगरपालिकामा कार्यरत सबइन्जिनियर प्रकाश तिवारी घूस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रङ्गेहात पक्राउ गरेको जनाएको छ ।
इन्जिनियर तिवारीलाई शुक्रबार ६ हजार रुपैयाँ घूससहित भोजपुरको प्रधान होटलबाट पक्राउ गरिएको बताइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको डिएसपी श्याम सारु मगर नेतृत्वको टोलीले त्यही होटलबाट रङ्गेहात पक्राउ गरेको जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६