काठमाडौं । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रशासनले अनुमति दिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङमाथि कुटपिट गरेको आरोपमा बिहीबार मनाङे पक्राउ परेका थिए ।
जिल्ला प्रशासन कार्यालय कास्कीले अभद्र व्यवहारको मुद्दामा अनुसन्धानका लागि मनाङेलाई २ दिन थुनामा राख्न अनुमति दिएको हो ।
उनीविरुद्ध सार्वजनिक अपराधको कसुरमा २ दिनको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार केसीले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६