काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे उर्फ राजीव गुरुङविरुद्ध कुटपिटको उजुरी दिने अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङ पनि पक्राउ परेका छन्।
बैंकिङ कसुरमा अनुसन्धानका लागि अदालतको अनुमति पाएपछि उनलाई निन्त्रणमा लिएको कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए । गुरुङविरुद्ध बैंकिङ कसुर, गठीलगायतको आरोपमा जिल्ला अदालत कास्कीले गुरुङलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।
उनीविरुद्ध पोखराको लेकसाइडस्थित ॐ गौरा जोस्टेल होटलका सञ्चालक हरिभक्त आचार्यले प्रहरीमा ठगी मुद्दा दर्ता गराएका थिए । गत असोजमा सम्पन्न साग खेलमध्ये नेपाली फुटबल टिमका खेलाडीदेखि प्रशिक्षक, व्यवस्थापक सबै सोही होटेलमा बसेका थिए ।
मिलनले गएको असोज १३ गते हाेटललाई २ लाख रुपैयाँको चेक दिएका थिए ।
प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६