विराटनगर । उच्च अदालत विराटनगरले बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई धरौटीमा छाड्ने गरी जिल्ला अदालतले गरेकाे आदेश बदर गरिदिएकाे छ ।
बिहीबार उच्च अदालतका मुख्य न्यायधीश तिलप्रसाद श्रेष्ठ र न्यायधीश प्रेमराज कार्कीको संयुक्त इजलासले गिरीलाई धरौटीमा छाड्ने आदेश बदर गरी थुनामा राख्ने आदेश दिएकाे हाे ।
१४ पुसमा जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले गिरीलाई ३ लाख धरौटीमा छाडी मुद्दाको पुर्पक्ष गर्न आदेश गरेकाे थियाे ।
आदेश विरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालत विराटनगरमा निवेदन दायर गरेका थिए । जिल्लाको आदेश बदर भएपछि थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने भए पनि गिरी भने यसअघि नै फरार भइसकेका छन् ।
प्रकाशित मिति: बिहीबार, माघ ९, २०७६