इटहरी । ‘सिद्वबाबा’ भनिने कृष्णबहादुर गिरी विराटनगरकाे सीमावर्ती नाका जोगवनीबाट भारत पसेर सम्पर्कविहीन भएका छन् ।
उनी जोगवनी नाकाबाट भारत पसेको स्राेतले जानकारी दिएको छ । गिरी सवार गाडी र उनका अंगरक्षक विराटनगर फर्किए पनि गिरी सम्पर्कविहीन भएको समाचार स्राेतले जनाएकाे छ ।
१ जना महिला अनुयायीलाई बलात्कार गरेको अभियोग लागेका गिरीलाई जिल्ला अदालत सुनसरीले केही साताअघि ३ लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो । जिल्ला अदालतबाट गिरी रिहा भएपछि महिलाले उच्च अदालत विराटनगरमा पुनरावेदन गरेकी छिन् ।
आज बिहीबार उच्च अदालतमा उनकाे पेशी ताेकिएकाे थियो। उनी पेसीका लागि विराटनगर गएको भनिए पनि जोगवनीबाट चालकसँगै गाडी र उनका निजी सुरक्षाकर्मीलाई फर्काएर सम्पर्कविहीन भएका हुन् ।
प्रकाशित मिति: बिहीबार, माघ ९, २०७६