सप्तरी । इलाका प्रहरी कार्यालय कल्याणपुरले ४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १ युवकलाई पक्राउ गरेको छ ।
खडक नगरपालिका–५ का २५ वर्षीय रामभगत चौधरीलाई बालिका बलातकार गरेकाे आरोपमा बुधबार पक्राउ गरिएको हो । पीडितका बुबाले उजुरी दिएपछि प्रहरीले आरोपितलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
आरोपितले ललाइफकाई आफ्नो घरमा लगेर माघ ३ गते बालिका बलात्कार गरेको पीडितले दिदीलाई बताएपछि घटना सार्वजनिक भएको हो ।
प्रकाशित मिति: बिहीबार, माघ ९, २०७६