काठमाडौं । प्रथम राष्ट्रिय काँठे लोकदोहोरी महोत्सव २०७६ आयोजना हुने भएको छ ।
भिजिट नेपाल २०२० लाई सफल पार्न सहयोग पु¥याउने तथा काँठ क्षेत्रका गीत संगीतलाई संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले डिएआर मुभिजको आयोजनामा आउँदो फागुन १६ देखि २० गतेसम्म काठमाडौंको टुडिखेलमा महोत्सव आयोजना गर्न लागिएको जानकारी दिइएको छ ।
‘काँठ क्षेत्रको कला र संस्कृति हरेक नेपालीको सान, हाम्रै संस्कृतिको संरक्षण गर्ने हाम्रो अभियान’ भन्ने मूल नारा लिएर महोत्सव गर्न लागिएको कार्यक्रम संयोजक नमराज ढुंगानाले जानकारी दिए ।
काठमाडौं आसपासका तत्कालीन ११ जिल्लालाई काँठ क्षेत्रका जिल्ला भनी चिन्न थालियो । त्यसभित्र लुकेर रहेका परिचयात्मक, ऐतिहासिक, सांस्कृतिक विभिन्न धरोहर छन् । तीमध्ये एक हो, काँठे लोकगीत, संगीत । जसमा मेलापात जाँदा घाँसे गीत, सेलो, खैँजडी भजन, झाँक्री, मारुनी, चुट्का, ठट्यौली, ठाडी, झाँकी, धिमेलगायतका सांगीतिक र सांस्कृतिक परिचय बोकेको काँठ क्षेत्र थप व्यापकता प्रदान गर्न यो महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्ने कार्यक्रम परिकल्पनाकार लोकदोहोरी गायक तथा सर्जक माधव थापाले बताए ।
मेलापातमा झुन्डिएका तर डिजिटल बजारमा व्यवसायिक रुपमा अगाडि आउन नसकेका नयाँ तथा पुराना भाका, गीत, संगीत जस्तै अन्य सांस्कृतिक परिचय बोकेका अभिन्न अंगलाई विश्वसामु उजागर गराउने, नेपाल सरकारको योजना पर्यटन भ्रमण वर्ष २०२० को प्रवद्र्धन गर्ने, काँठ क्षेत्रमा रहेको एतिहासिक, पुरातात्विक, सांस्कृतिक, खाना, वाद्यवादन, वेषभूषा, रहनसहन, हस्तकला लगातको प्रवद्र्धन गर्ने, पुराना तथा नयाँ श्रष्टा एकैस्थानमा राखी सम्मान तथा पुस्ता हस्तान्तरण गर्ने उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको संरक्षक तथा डिएआर मुभिज एन्ड फिल्म इन्डस्ट्रिज प्रा.लि.का प्रभाव नजेले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, माघ ६, २०७६