काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले नेता अग्निप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको छ ।
आइतबार बालुवाटारमा बसेको बैठकले अग्निप्रसाद सापकाेटालाई पार्टीको तर्फबाट सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हाे ।
यसअघि बिहान अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा सभामुखमा सापकोटालाई उम्मेदवार बनाउने विषयमा सहमति भएको थियो । २ अध्यक्षको सहमतिलाई सचिवालय बैठकले अनुमोदन गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए ।
सभामुखको टुंगो लागेपछि साेमबार बस्ने प्रतिनिधसभा बैठकमा सभामुख निर्वाचनसम्बन्धी कार्यक्रम अघि बढ्ने छ ।
नेकपाभित्र सभामुख बारे सहमति जुटन नसक्दा संसद्को हिउँदे अधिवशेन पुस ४ गते प्रारम्भ भए पनि नेकपाले सभामुख उम्मेदवार चयन गर्न नसकेका कारण संसदको बैठक पटकपटक सूचना टाँसेर स्थगित हुँदै आएकाे थियाे ।
प्रकाशित मिति: आइतबार, माघ ५, २०७६