काठमाडौं । आत्महत्या दुरुत्साहन मुद्दा खेपिरहेका टेलिभिजन प्रस्ताेता रवि लामिछानेले सफाइ पाएका छन् ।
पत्रकार शालिकराम पुडासैनीकाे आत्महत्या दुरुत्साहनको अभियोग लागेका लामिछानेसहित तीनै जनाले जिल्ला अदालत चितवनबाट सफाइ पाएका हुन् ।
गत भदौ ९ गते लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्की धरौटीमा रिहा भएका थिए ।
जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलाशले रविलाई ५ लाख, युवराजलाई ३ लाख र अस्मितालाई साधारण तारेखमा छोड्न आदेश दिएको थियो ।
प्रकाशित मिति: आइतबार, माघ ५, २०७६