सिन्धुपाल्चोक । अरनिको राजमार्गअन्तर्गत पर्ने सिन्धुपाल्चोकको बाह्रबिसे बजारमा सडक बिस्तारका लागि घरटहरा भत्काउँदा स्थानीयले नाराजुलुस सहितको विरोध प्रदर्शन गरेपछि निशेधाज्ञा जारी गरिएको छ ।
बाह्रबिसे नगरपालिका वडा नम्बर ४ स्थित व्यापारिक केन्द्रमा सडक अतिक्रमण गरी निर्माण गरिएका अनाधिकृत घर टहराहरु भत्काउँदा स्थानीयको विरोध भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरिएको छ ।
शुक्रबारबाट घरटहरा भत्काउन सुरु गरेपछि हिजो स्थानीयले नाराजुलुससहित ढुंगामुढा गरेकाले उक्त निषेधाज्ञा जारी गरिएको हो । स्थानीयले बजार क्षेत्रमा नारा जुलुस गरी नगरपालिकाको कार्यालयमा तालाबन्दी तोडफोड गरेका थिए ।
आइतबार पनि हुलदङ्गा र अशान्ति हुन सक्ने सम्भावना देखिएकाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को ९३।क० बमोजिम निषेधाज्ञा जारी गरिएको जिल्ला प्रहरी प्रमुख एसपी प्रज्ववल महर्जनले जानकारी दिए ।
आज बिहान ८ बजेबाट बेलुकी ५ बजेसम्मका लागि अर्को व्यवस्था नभएसम्मका लागि ५ जनाभन्दा बढी मानिस भेला हुन नपाउने गरी आदेश जारी गरिएको छ ।
बाह्रबिसे बजारबाट पूर्वमा ३ सय मिटर, पश्चिममा भोटेकोसी खोला, उत्तरमा इलाका प्रहरी कार्यालय, बाह्रबिसे नगरपालिका ४ र दक्षिणमा बाह्रबिसे बजारबाट पिस्कररक्षमादेवी जानेबाटोको सुनकोसी चोकसम्म निषेधाज्ञा जारी गरिएको हो ।
प्रकाशित मिति: आइतबार, माघ ५, २०७६