काठमाडौं । प्रहरीलाई तथानाम गाली गरेर चर्चामा आएकी गायिका आस्था राउतविरुद्ध उजुरी परेकाे छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान रमिता श्रेष्ठले कलाकार राउतविरुद्ध उजुरी दिएकी हुन् ।
विमानस्थलमा गायिका राउतले चेकजाँच गर्ने क्रममा आफूमाथि गालीगलौज र अभद्र व्यवहार गरेको भन्दै विमानस्थल प्रहरी जवान श्रेष्ठले सुरक्षा प्रहरी कार्यालयमा उजुरी दिएकी हुन् ।
श्रेष्ठले हालेको उक्त उजुरी कारबाहीका लागि विमानस्थल प्रहरी कार्यालयले महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा पठाएको छ ।
विमानस्थलमा १ महिला प्रहरीले ‘राष्ट्रिय कलाकार’माथि दुर्व्यवहार गरेको र अपशब्द प्रयोग गरेको भन्दै गायिका राउतले केही दिनअघि प्रहरीलाई गाली गर्दै फेसबुक लाइभ गरेकी थिइन् ।
प्रकाशित मिति: शुक्रबार, माघ ३, २०७६