महोत्तरी । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज दिउँसो बाथरुममा राखिएको पानीमा डुबेर १ दूधे बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जलेश्वर नगरपालिका–१ बस्ने रोशनकुमार साहकी छोरी १ वर्षीया आकृति साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताए ।
आफ्नै घरमा खेलिरहेकी बालिका साह खेल्दाखेल्दै अचानक घरसँगै रहेको बाथरुममा पसेपछि बाथरुममा राखिएको पानी भरेको बाटा (आरी) मा डुबेर उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए ।
प्रकाशित मिति: शुक्रबार, माघ ३, २०७६