इलाम । गत आइतबार मृतावस्थामा फेला परेका १ युवकलाई हत्या गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
इलामकाे सूर्योदय नगरपालिका–७ गोगनेका २९ वर्षीय विमल घलेको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले भारत दार्जीलिङ विजनबारी घर भएका २९ वर्षीय विजय घले र स्थानीय २८ वर्षीय समुन घलेलाई पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै मृतक घलेसँगै रहेको खुलेपछि हत्या गरेको आशंकामा पक्राउ गरेको जनाइएको छ ।
आइतबार राति १० बजे मादकपदार्थ सेवन गरी झगडा हुँदा ढुङ्गा प्रहार गरेर हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।
सोमबार बिहान नजिकैको खोल्सीमा विमललाई मृतावस्थामा स्थानीयवासीले फेला पारेका थिए ।
घटनास्थल वरिपरि रगत चुहिएको र मृतकको शरीरमा ढुङ्गा प्रहार भएजस्तो गहिरो चोटपटक र नीलडाम देखिएको थियो । शव परीक्षण गरी मङ्गलबार परिवारलाई जिम्मा लगाइएको छ । रासस
प्रकाशित मिति: बुधबार, माघ १, २०७६