काठमाडौं । बुधबारदेखि देशभर मनसुन पुनः सक्रिय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले नेपाल प्रवेश गर्ने पश्चिमी न्यूनचापीय प्रणालीको असरले बुधबार रातिदेखि देशका विभिन्न ठाउँमा पानी र हिउँ पर्न सक्ने अनुमान गरेको छ ।
आज दिउँसो देशको पूर्वी तथा पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। यस्तै राति पश्चिमी भूभागमा सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली रहने छ । पश्चिमी भूभागका थोरै स्थानमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।
हेर्नुहाेस् आगामी ३ दिनकाे माैसमी अनुमानः
माघ १ गते बुधबार
दिउँसो : देशको पूर्वी तथा पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ ।
रातिः पश्चिमी भूभागमा सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली रहने छ । पश्चिमी भूभागका थोरै स्थानमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।
माघ २ गते बिहीबार
दिउँसो : देशको मध्य तथा पश्चिमी भूभागमा सामान्य बदली भई पूर्वी भूभागमा आंशिक बदली रहने छ । मध्य तथा पश्चिमी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको साथै पश्चिमी तथा मध्य उच्च पहाडी/हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
रातिः देशको मध्य तथा पश्चिमी भूभागमा सामान्यदेखि पुर्ण बदली रही पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । मध्य तथा पश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा साथै पूर्वी पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
उच्च पहाडी/हिमाली भेगका धेरैजसो स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । मध्य तथा पश्चिमी उच्च पहाडी/हिमाली भेगका केही स्थानमा भारी हिमपातको सम्भावना छ ।
माघ ३ गते शुक्रबार
दिउँसो : देशको मध्य तथा पूर्वी भूभागमा सामान्यदेखि पुर्ण बदली रहने छ साथै पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ ।
देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी/हिमाली भेगका धेरैजसो स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । मध्य तथा पूर्वी उच्च पहाडी/हिमाली भेगका केही स्थानमा भारी हिमपातको सम्भावना छ ।
रातिः देशभरी आंशिकदेखि सामान्य बदली रहने छ । देशका थोरै स्थानमा हल्का वर्षा साथै उच्च पहाडी/हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।
प्रकाशित मिति: बुधबार, माघ १, २०७६