इलाम । इलामको देउमाई नगरपालिका–७ जितपुर अजम्बरे डाँडामा रहेको एनसेल टावरमा अज्ञात समूहले बम बिस्फोट गराएकाे ।
गएराति गराइएकाे बम बिस्फोटबाट टावर पूर्ण रुपमा क्षति भएको इलाका प्रहरी कार्यालय मंगलबारेका प्रहरी निरिक्षक राजकिशोर तेलीले जानकारी दिए । उनका अनुसार टावरका लागि प्रयोग हुने जेनेरेटर सहित अन्य सामग्री ध्वस्त भएको छ । २ वटा बम बिस्फोट गराइएको हुनसक्ने अनुमान गरिएको छ ।
घटनास्थल नजिकै अर्को नपडकिएको सुतली बम र तार समेत फेला परेको छ ।
फेला परेको सुतली बम नेपाली सेनाको बम निस्क्रिय टोलीले निस्क्रिय गराइसकेको उनले बताए । राति करिब १२ बजे र ३ बजे विस्फोटको आबाज सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
तर घटनास्थलमा मंगलबार बिहान मात्र प्रहरी पुगेको थियो । घटनाबाट के कति क्षति भयो भन्ने यकिन जानकारी आएको छैन । बिस्फोट कसले गराएको भन्नेबारे समेत खोजी सुरु भएको तेलीले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६