काठमाडौं । काठमाडौंमा रहेका एनसेलका २ टावरमा अज्ञात समूहले आगजनी गरेकाे छ । काठमाडौंको दक्षिणकाली नगरपालिका-८ छैमले र तारकेश्वर नगरपालिकाको जितपुरफेदीमा रहेको एनसेल टावरमा सोमबार राति आगजनी भएको हो ।
आगजनीका कारण टावरमा क्षति पुगेपछि साे टावरकाे कभरेज एरियामा एनसेलकाे सेवा अवरुद्ध भएको छ ।
आगजनीको कसैले जिम्मा नलिए पनि नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको संलग्नता रहेको अनुमान प्रहरीले गरेकाे छ ।
राज्यलाई कर नतिरेको भन्दै विप्लव समूहले एनसेललाई निशाना बनाउँदै आएको छ । गत वर्ष फागुनमा विप्लव समूहले भैंसेपाटीस्थित एनसेल मुख्यालयमा बम विष्फोट गराउँदा १ जनाको मृत्यु भएको थियो ।
प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६