काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको छ ।
आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले सोमबार शीतल निवासमा आयोजित एक समारोहका बीच प्रतिवेदन पेस गरेका हुन् ।
संविधानको धारा २९४ बमोजिम अख्तियारले वार्षिक प्रतिवेदन पेस गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति: सोमबार, पुस २८, २०७६