काठमाडौं । पछिल्लो समय वर्षा र हिमपात हुने क्रमसँगै काठमाडौं उपत्यकासहित देशैभर चिसो बढेको छ । वर्षा र हिमपातका कारण जनजीवन प्रभावित भइरहेको छ । वृद्धवृद्धा, बालबालिका तथा अशक्तहरूका लागि चिसोले निकै कष्ट दिएको छ ।
तर यही वर्षा र हिमपात किसानहरूका लागि भने वरदान सावित भइरहेको छ । पानी र हिउँ परेसँगै किसान वर्गमा खुसियाली छाएको छ । यसैगरी पर्यटकीय हिसाबले पनि हिमपातले निकै फाइदा पुर्याएको छ ।
हिउँ परेसँगै उपत्यका आसपासका डाँडा लगायत उच्च पहाडी तथा हिमाली क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने गर्दछ । राति हिमपात भएको खबर आउनासाथ भोलिपल्ट बिहान सम्भावित हिउँ पर्ने डाँडामा पर्यटकको भीड लागिसकेको हुन्छ । नलागोस् पनि किन, हिउँले त्यहाँको दृश्य नै मनमोहक बनाइदिएपछि ।
यहाँ राससका फोटो पत्रकारले खिचेका केही ‘हिउँमय’ तस्बिर प्रस्तुत गरिएको छ :
.jpg)
सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा पटक–पटक परेको हिमपातका कारण पर्यटकीय क्षेत्र तथा प्रसिद्ध शक्तिपीठ घटाल बाबा । तस्बिर : करण ताम्राकार
.jpg)
मनाङ ङिस्याङ गाउँपालिका– १ ढुकुर पोखरीस्थित हिउँले भरिएको स्वर्गद्वारी पहाड र खुशी देखिएका विदेशी पर्यटक । तस्बिर :नवीन लामिछाने
.jpg)
बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको त्रिवेणीधाम माथि डाँडामा परेको सेताम्मे हिउँ । चिसो बढेसँगै हिमपातले यहाँका डाँडाहरु सेताम्ये बनेका छन् । तस्बिर : प्रेम रौले
.jpg)
कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका– १० घान्द्रुकबाट आइतबार बिहान देखिएको अन्नपूर्ण हिमालको मनोरम दृश्य । तस्बिर : रत्न श्रेष्ठ
.jpg)
१ सय पर्यटकीय गन्तव्यभित्र पर्न सफल ‘मुन्दुम ट्रेल’ अन्तर्गत पर्ने भोजपुरको मैयुङ डाँडाबाट देखिएको हिमशृङ्खलाको दृश्य । तस्बिर : युवराज विष्ट
.jpg)
डोटीको जिल्ला सदरमुकाम सिलगढीसँगै जोडिएको खप्तडको सिमाक्षेत्र गोलादेउमा परेको हिमपात । हिमपातले यहाँका डाँडाकाँडा सेताम्मेसँगै रमणीय देखिन थालेका छन् । तस्बिर : विमलबहादुर विष्ट
.jpg)
बाजुराको गौमुल गाउँपालिका वडा नं १ स्थित अम्लिस माध्यमिक विद्यालयमा भारी हिमपातपछि शुक्रबार खुलेको विद्यालयको प्राङ्गणमा हिउँमाथि नै राष्ट्रिय गान गाउन लाइनबद्ध भएका विद्यार्थी । तस्बिर : गंगराज पण्डित
.JPG)
कास्कीको मादी गाउँपालिका– २ मोराडाँडामा आइतबार बिहान परेको हिउँमा खेल्दै आन्तरिक पर्यटक । हिँउ पारखीका लागि यो स्थान पोखराबाट सबैभन्दा नजिक छ । तस्बिर : हरि बास्तोला
.jpeg)
दोलखाको पर्यटकीय गन्तव्य कालिन्चोकको कुरी बजार क्षेत्रको साँझको दृष्य । कुरी बजार क्षेत्र पछिल्लो समय हिउँ खेल्ने पर्याटकहरुको गन्तव्य बन्दै गएको छ । तस्बिर : प्रभु जिरेल
प्रकाशित मिति: सोमबार, पुस २८, २०७६