जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले स्वर्गीय सञ्चारकर्मी उमा सिंहको स्मृतिमा अक्षयकोषको स्थापना गर्ने भएको छ ।
उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले कोषमा पाँच लाख प्रदान गरिने घोषणा गरेका छन्।
भिजिट मधेसद्वारा जनकपुरमा आयोजित कार्यक्रममा साहले यस्तो घोषणा गरेका हुन् । ‘कर्मवीर योद्धा’ सिंहको स्मृतिमा अक्षयकोष स्थापना गरिने उनले बताए ।
जनकपुरस्थित रेडियो टुडेमा कार्यरत सिंहको २०६५ पुस २७ गते राति हत्या गरिएको थियो ।
प्रकाशित मिति: सोमबार, पुस २८, २०७६