काठमाडाैं । पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशभर हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोमबार बेलुकाबाट प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशैभरि बदलीसहित वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हिमपात भइरहेको मौसमविद् मञ्जु बासीले बताइन् । पश्चिमी वायुको प्रभाव भोलिसम्म कायम रहनेछ , मौसमविद् बासीले भनिन् ।
हाल देशका पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली रहने तथा बाँकी स्थानमा सामान्य बदली रही देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भेगका अधिकांश भूभागमा हिमपात भइरहेको बताइएको छ ।
मौसम पूर्वानुमान महाशाखाले आगमी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै उच्च पहाडी तथा हिमाली भूभागका अधिकांश स्थानमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहेकाले यसकै कारणले जाडो बढ्ने हुनाले चिसोबाट जोगिन आग्रह गरेको छ ।
राति देशको मध्य तथा पूर्वी भूभागमा सामान्य बदली रही उच्च पहाडी र हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भोलि देशका पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने जनाएको छ । शनिबार देशका पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने औँल्याएको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम छ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम ११ दशमलव ९ डिग्री सेल्सियस छ । यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेको छ ।
यस्ताे छ आगामी ३ दिनकाे माैसम अनुमानः
बिहीबार
दिउँसो : देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका अधिकांश स्थानमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना छ ।
रातिः देशको मध्य तथा पूर्वी भूभागमा सामान्य बदली तथा पश्चिमका भूभागमा आंशिक बदली रही पश्चिमका १-२ स्थानमा साथै मध्य र पूर्वका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।
शुक्रबार
दिउँसो : देशका पूर्वी र मध्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ। मध्य र पूर्वी पहाडी भूभागका १-२ स्थानमा हल्का वर्षाको सम्भावना छ।
रातिः देशका पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ ।
शनिबार
दिउँसो : देशका पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ ।
रातिः देशका पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ ।
प्रकाशित मिति: बिहीबार, पुस २४, २०७६