दाङ । दाङको घोराही उपमहानगरपालिका नगर शिक्षा महाशाखाले अत्यधिक चिसो बढेकाले बिहीबार र शुक्रबार २ दिन बिद्यालय बन्द गर्ने जनाएको छ ।
नगरको शिक्षा, युवा तथा खेलकुद महाशाखाले सूचना जारी गर्दै बर्खे बिदाबाट कट्टी हुने गरी बिहीबार र शुक्रबार २ दिन बिदा दिएको जनाएको हो ।
महाशाखाका शाखा अधिकृत नारायण पौडेलले जारी गरेको सूचनामा चिसो बढेका कारण नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गरिएको उल्लेख छ ।
चिसोका कारण बालबालिकाको उपस्थित न्युन हुने गरेको भन्दै २ दिन विद्यालय बन्द गरिएको महाशाखाको भनाइ छ।
प्रकाशित मिति: बिहीबार, पुस २४, २०७६