काठमाडौं । मिटरब्याजमा ऋण लगानी गरी ठगी गरेको आरोपमा राष्ट्रिय जनता पार्टी (राजपा) का केन्द्रीय सदस्य रामबाबु राय यादवलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले पक्राउ गरेकाे छ ।
पीडितहरूले मंगलबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसमक्ष यादवले मिटरब्याजमार्फत ठगी गरेको गुनासो गरेका थिए ।
सर्लाहीका पीडितहरूले बुधबार गृहमन्त्रालयमा आएर प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, गृह सचिवसँग गुनासो गरेलगत्तै खनालले जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई यादवलाई पक्राउ गर्न निर्देशन दिएका थिए ।
लगत्तै उनलाई यादवलाई पक्राउ गरेको डिएसपी प्रजितसिंह राठौरले जानकारी दिए ।
यादवको मिटरब्याज ऋणबाट सर्लाही आसपासमा १५ सयभन्दा बढी पीडित रहेको बताइएको छ। पक्राउ लगत्तै अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: बुधबार, पुस २३, २०७६