चितवन । चितवनमा वन मौरीको टोकाइबाट १ महिलाको मृत्यु भएको छ । आइतबार अपराह्न पूर्वी चितवनको रत्ननगर नगरपालिका ९ बेलटाँडी बस्ने ७६ वर्षीया ठगिया थरुनीको मृत्यु भएको हाे ।
घरमै बसिरहेकी थरुनीलाई वन मौरीको हुल आएर टोकेपछि उनी गम्भीर घाइते भएकी थिइन् । उनलाई तत्कालै उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर ल्याइएको थियो ।
उपचारकै क्रममा उनकाे मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
प्रकाशित मिति: सोमबार, पुस २१, २०७६