काठमाडौं । सुडान घोटाल काण्डमा दोषी ठहर भई कारागार चलान भएका ठेकेदार शम्भु भारती जेलमुक्त भएका छन् ।
सर्वाेच्च अदालतले भारतीलाई कारागारबाहिरै बसेर मुद्दा लड्ने सुविधा दिएपछि उनी जेलमुक्त भएका हुन् । उनले सर्वाेच्च अदालतमा मुद्दा पुनरावलोकनका लागि निवेदन दिएका थिए ।
गत मंसिर २६ गते सर्वोच्च अदालतले मुद्दा पुनः सुनुवाई गर्ने आदेश दिएको थियो । न्यायाधीशहरु तेजबहादुर केसी, मनोजकुमार शर्मा र प्रकाशकुमार ढुंगानाको इजलासले पुनः सुनुवाइ गर्न आदेश दिएको थियो ।
केही दिनअघिकै आदेश हो । त्यसदिन उनले पैसा बुझाउन सकेका थिएनन् , सदरखोर डिल्लीबजारकी निमित्त जेलर सीता अधिकारीले भनिन्, आज धरौटीबापतको रकम बुझाएपछि उनी जेलमुक्त भएका हुन् ।
सुडान घोटलामा सर्वोच्चले २०७३ जेठ १७ गते पूर्व महानिरीक्षकहरू ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरीसहित ठेकेदार कम्पनीका प्रतिनिधि शम्भु भारतीलाई दोषी ठहर गरेको थियो।
भारतीलाई सर्वोच्च अदालतले सो काण्डमा दोषी ठहर गरी १४ करोड २० लाख बिगो र जरिवानासहित १ वर्ष जेल सजाय सुनाएको थियो।
प्रकाशित मिति: आइतबार, पुस २०, २०७६