काठमाडाैं । पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशैभर बदली रही उपत्यकासहित देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हिमपात भइरहेकाे छ ।
केही दिनयता नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभर बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र देशभर हल्का वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । वर्षा लगातार नभई केही समय रोकिँदै फेरि सुरु हुने छ , मौसमविद् मानन्धरले भनिन् ।
राति देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।
भोलि देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र पहाडका केही स्थानमा हलका वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका १–२ स्थानमा हल्का हिमपात र पहाडका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको औँल्याएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस र अधिकतम तापक्रम १८ दशमलव शून्य डिग्री सेल्सियस रहने छ ।
हेर्नुहाेस् आगामी ३ दिनकाे माैसमी अनुमानः
शुक्रबार
दिउँसो :देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
राति : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
शनिबार
दिउँसो :देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र पहाडका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।
राति : देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभाग थोरै स्थानमा हल्का हिमपात र पहाडका १-२ स्थानमा हल्का वर्षाको सम्भावना छ ।
आइतबार
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभाग थोरै स्थानमा हल्का हिमपात र पहाडका १-२ स्थानमा हल्का वर्षाको सम्भावना छ ।
राति : देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभाग थोरै स्थानमा हल्का हिमपात र पहाडका १-२ स्थानमा हल्का वर्षाको सम्भावना छ ।
प्रकाशित मिति: शुक्रबार, पुस १८, २०७६