काठमाडौँ । सरकारले गैरकानुनी रुपमा नेपालमा बस्दै आएका इजिप्टका ४ जना नागरिकलाई देशनिकाला गर्ने निर्णय गरेकाे छ ।
मन्त्रिपरिषद्को पुस १४ गते बसेको बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयाेजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले साे जानकारी दिएका हुन् ।
यसैगरी बैठककले ऋण असुली न्यायाधीकरणको रिक्त बैंकिङ सदस्य पदमा नरेशराज अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ । उनलाई ५ वर्षका लागि पुनः नियुक्त गरिएको हो ।
यीबाहेक सरकारले विभिन्न १४ वटा निर्णय गरेकाे छ । हेर्नुहोस् पूर्ण विवरणः
प्रकाशित मिति: बिहीबार, पुस १७, २०७६