स्वस्थ दूध पिउने बच्चाहरुमा मोटोपनको जोखिम कम हुने एक अध्ययनले देखाएको छ।
हालै सार्वजनिक गरिएको एक अध्ययनमा “होल मिल्क” अर्थात् स्वस्थ दूध पिउने बच्चामा मोटोपनको संभावना कम भएको पाइएको हो।
सेन्ट माइकल अस्पताल अफ युनिटी हेल्थ टोरन्टोको नेतृत्वमा भएको एक अध्ययनपछि ‘अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रिशन’मा उक्त अध्ययन प्रतिवेदन प्रकाशित छ।
चिल्लो पदार्थयुक्त दूध पिउने बच्चाहरुको तुलनामा स्वस्थ दूध पिउने बच्चाहरुमा मोटोपना र बढी तौलको समस्या ४० प्रतिशत कम हुने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ।
अध्ययन प्रतिवेदन सात फरक फरक देशका २८ ओटा अध्ययनको विश्लेषण गरेर तयार पारिएको जनाइएको छ । ती प्रतिवेदनहरुमा गाईको दुध सेवन र बालबालिकाको वजनको बीचमा तुलनात्मक अध्ययन गरिएको थियो ।
ती अध्ययनमा २१ हजार बालबालिकालाई सहभागी गराइएको थियो। ती मध्ये अधिकांश क्यानडा र अमेरिकाका बालबालिका रहेका थिए।
अध्ययनको नेतृत्व गरेका डा जोनाथन मागुइरेले दुध सेवनको अवस्था नै बालबालिकाको बढी तौल हुने की नहुने भन्ने कुराको मुख्य कारक रहेको बताए।
प्रकाशित मिति: बिहीबार, पुस १७, २०७६